४ कार्तिक २०८३, बुधबार

सिभिल बैंक लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्सबीच सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सानिमा लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।

उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र सानीमा लाइफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सिनाले हस्ताक्षर गरेका छन् ।

अब सानीमा लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरूमार्पmत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताए ।

सिभिल बैंकले यस अघि पनि जीवन वीमा कम्पनीहरु तथा निर्जीवन वीमा कम्पनीहरुसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको छ ।