मुम्बई । कंगना रणवत, जसलाई बलिउडमा दुई डाइमेन्सनबाट हेर्न सकिन्छ । एक त उनी हिरोको बराबर स्टार भ्यालु भएकी अभिनेत्री हुन् । उनले फिल्ममा लिने पारिश्रमिक र खेल्ने भूमिका दुबैले पुष्टि गरिसकेका छन्, कंगना कुनै हिरोभन्दा कम छैनिन् ।
अर्को पाटोबाट हेर्दा उनी निकै विवादित अभिनेत्री हुन् । आफैले सुरु गरेको विवादले उनलाई यस्तो दलदलमा फसायो कि, त्यहाँबाट उम्कन उनलाई कम्ता कठिन थिएन ।
हृतिक रोशन र सुजैन खानको सम्बन्ध विच्छेद भए लगत्तै उनले आफूलाई हृतिकसँग जोडेर विवाद निकालिन् । त्यो विवादको लहरोले बलिउडका थुप्रै अभिनेतालाई समेत तान्यो । आखिरमा यस्तो दिन आयो, कंगना बलिउड इभेन्टहरूमा बहिस्कृत भइन् ।
कंगनाको जीवन निकै उतार–चढावपूर्ण वित्यो । उनको संघर्षको कथा जति रोमाञ्चक छ, उत्तिनै अत्यासलाग्दो छ कन्टोभर्सीको कुरा पनि ।
कंगनाले केन्द्रीय भूमिका निर्वाह गरेको मात्र होइन निर्देशन गरेको चलचित्र पनि हो यो । तर, यो चलचित्र सुरुवातदेखि नै विवादित भयो । विवादको यो सिलसिला प्रदर्शनपछि पनि जारी छ ।
उनी यस चलचित्रको विवादमा मात्र नभएर निर्देशक क्रिशसँगको विवादबाट पनि उन्मुक्ति पाएकी छैनन् । यसरी आउने विवादहरुको सामना कंगना एक्लैले गर्नुपरेको छ । अर्थात उनको पक्षमा बोलिदिने छैनन् । बलिउड सेलिब्रेटीले कंगनालाई खासै साथ दिइरहेको छैन । उनको समर्थनमा खुलेर बोल्ने बलिउडकर्मी दुलर्भ छन् ।
कंगनाको पक्षमा तनुश्री दत्तले भने मुख खोलेकी छिन् । अनुपम खेरपछि कंगनाको पक्षमा तनुश्री दत्तले आवाज उठाएकी छिन् । तनुश्रीले कंगना निकै राम्रो कलाकार भएको र कंगनाको जस्तो खुबी अरुसँग नभएकाले उनको रिस गर्नेको संख्या धेरै भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘कंगना ए ग्रेट हैन, ए प्लस ग्रेडको अभिनेत्री हुन् ।’
तनुश्रीले कंगनाले यो स्थान कसैको सहयोग बिना नै बनाएको बताएकी छिन् । तनुश्रीका अनुसार पुरुस्वर्थ देखाउनेहरु पनि कंगनासँग डराउने गर्छन् । यसै कारण कंगनाको सफलतामा पुरा बलिउड चुप रहेको तनुश्रीको बुझाई छ ।
तनुश्रीले मणिर्क्णिर्का हेरेकी छैनन् । तर, उनलाई अमेरिकामा बस्ने आफ्नो साथीले उक्त चलचित्र हेर्नका लागि अग्रह गरेको तनुश्रीले बताइन् । उनले भनिन्, ‘सायद म छिट्टै नै यस चलचित्र हेर्नेछु । मेरो आमा बुबाले पनि चलचित्र हेरेर प्रशंसा नै गर्नुभएको छ ।’ एजेन्सी















प्रतिक्रिया