काठमाडौं, १ फागुन । गोपाल शिवाकोटी र बद्रीकुमार थापाले ठगी गरेको रकमबाट श्रीमतीको नाममा सम्पत्ति जोडेको अनुसन्धानमा खुलेको छ ।
थापाले काठमाडौंको टोखा र चितवनमा जग्गा किनेका छन् । सिवाकोटीले पनि श्रीमतीको नाममा सम्पत्ति जोडेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
कम्पनीले उनीहरूका श्रीमतीलाई समेत विपक्षी बनाई मुद्दा दायर गरेको छ । तर, सम्पत्ति गुम्ने भएकाले दुवैले श्रीमतीसँग कानुनी रूपमा भने सम्बन्धविच्छेद गरेका छन् ।
अधिवक्ता सिवाकोटी विरुद्ध अर्काे पनि उजुरी परेको परिसरका डिएसपी मोहन थापाले बताए । उनकी दिदी नाता पर्ने रामकुमारी प्रसाईंले समेत ६४ लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी दिएकी छिन् ।
जग्गा मिलाइदिने भन्दै पैसा लिएर उनले ठगी गरेका हुन् । अमेरिकाबाट एलएलएम गरेका सिवाकोटी चर्चित अधिवक्ता हुन् । सहायक प्राध्यापकसमेत रहेका उनी पछिल्लो समय आर्थिक कारोबारका कारण विवादमा पर्दै आएका छन् ।















प्रतिक्रिया