२८ आश्विन २०८३, बुधबार

वाणिज्य बैंक नहुँदा समस्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rastriya Banijya Bankचितवन । पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नहुँदा त्यस क्षेत्रका व्यवसायी र सेवाग्राही मर्कामा परेका छन् ।

रत्ननगरमा मात्रै २४ वटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेता पनि वाणिज्य बैंक नहुँदा समस्यामा परेको रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले बताए ।

‘पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंक नभएका कारण सरकारी विद्यालय, सरकारी कार्यालय पूरै प्रभावित भएका छन्,’ अध्यक्ष विसुरालले भने, ‘पटकपटक माग गर्दा पनि सुनुवाइ भएको छैन ।’

विगत दुई वर्षदेखि पूर्वी चितवनमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना गरिदिन माग गर्दै अर्थ मन्त्रालय, राष्ट्र बैंक लगायतका निकायमा दबाब दिँदै आएको उनले बताए ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माले स्थानीयको मागलाई दृष्टिगत गर्दै पूर्वी चितवनको रत्ननगरमा शाखा विस्तारको तयारी भइरहेको जानकारी दिए ।

द्वन्द्वमा विस्थापित भएका बैंकलाई पुनः स्थापित गर्ने कार्यसमेत भइरहेको र अझै ६५ शाखा पुनः स्थापित गर्न बाँकी रहेको उनको भनाइ छ । वाणिज्य बैंकको सय वटा शाखा कार्यालय सशस्त्र द्वन्द्वमा विस्थापित भएका थिए ।