४ कार्तिक २०८३, बुधबार

सानिमा बैंक र भिपि आईएनसीबिच रेमिट्यान्स सम्झौता

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ माघ । सानिमा बैंक लिमिटेड र भिपि आईएनसीबीच दक्षिण कोरिया–नेपाल रेमिटयान्स सेवा सम्झौता भई सञ्चालनमा आएको छ ।

सम्झौतापत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र भिपि आईएनसीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जुन किमले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसमार्फत दक्षिण कोरियाबाट पठाएको रकम नेपालभरी १० हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिनेछ ।

दक्षिण कोरियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंक लगायत कुनै पनि बैंकको खातामा जम्मा गर्न सकिनेछ । सानिमा बंैकको रेमिट्यान्स सेवा सानिमा एक्सप्रेसले यूएई, मलेसिया, कतार, यूके, दक्षिण कोरिया, अस्ट्रेलिया लगायत विश्वभरीबाट रेमिट्यान्स सेवाका साथै आन्तरिक रेमिट्यान्स सेवा पनि दिदै आइरहेको छ ।

सानिमा बैंकको हाल ७६ शाखा, १ एक्टेन्सन काउन्टर र ७२ एटीएम रहेको छ ।