
काठमाडौं, २८ माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले लगातार दोस्रो जित दर्ता गरेको छ । मंगलबार भएको खेलमा विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै रुपन्देहीले लगातार दोस्रो जित निकालेको हो ।
फाप्ला क्रिकेट मैदानमा विराटनगरले दिएको ९४ रनको लक्ष्य भैरहवाले १३ ओभर १ बलमा ५ विकेट गुमाएर भेट्टायो ।रुपन्देहीका पुनित मेहेराले सर्वाधिक ४६ रन बनाए । बाबर हायतले १७ रन बनाए भने भिम सार्कीले अविजित १२ रन जोडे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ९३ रन बनाएको थियो । विराटनगरका लागि प्रनित थापा मगरले अविजित १७ रन बनाएका थिए ।
मंगलबारको जितसंगै २ खेलबाट ४ अंक जोडेको रुपन्देही लिगको शीर्ष स्थानमा उक्लिएको छ । विराटनगर आफ्नो पहिलो खेलमा पराजित भएको छ ।
बुधबारको खेलमा विराटनगर र धनगढी स्टार्स प्रतिस्पर्धा गर्दैछन् ।















प्रतिक्रिया