२ कार्तिक २०८३, सोमबार

स्थापना दिवसमा प्रेस चौतारी अछामद्धारा विरामीलाई फलफुल वितरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chautriअछाम, २२ माघ । प्रेस चौतारी नेपालको १७ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला समिति अछामले विहीवार जिल्ला अस्पताल अछामका विरामीलाई फलफुल वितरण गरेको छ ।

स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल अछामका १० जना विरामीलाई फलफुल वितरण गरिएको हो । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामका अध्यक्ष टेकराज भण्डारीको नेतृत्वमा गएको टोलिले बिरामीलाई फुलफुल वितरण गर्दै स्वास्थ्य लाभको कामना गरेको छ । भने जिल्ला स्वास्थ्य कार्यालयद्धारा गरिने उपचार र बिरामीको अवस्थाबारे जानकारी लिएको छ ।

फलफुल वितरणपछि भएको समापन कार्यक्रममा बोल्दै नेकपा एमाले अछामका प्रचार विभाग प्रमुख भीम जनालाले प्रेस चौतारीले गरेको रचनात्मक कार्यले राम्रो सन्देश दिएको र आगामी दिनमा पनि रचनात्मक कार्यका साथै जिल्लाका सवाललाई उजागर गर्दै समाज रुपान्तरणका लागि क्रियाशिल रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका सेती अञ्चल सदस्य राजेन्द्र कुँवरले पत्रकारले सधै लेख्ने र समाचार संकलन गर्ने कार्यका साथै रचनात्मक कार्य समेत गरिरहेका र त्यो प्रेस चौतारीले प्रष्ट पार्ने कार्य गरेको बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारी अछामका पूर्व अध्यक्ष पुष्पराज भट्टले बिगतका बर्ष देखि प्रेस चौतारीले रचनात्मक कार्य गरिरहेको बताउँदै जिल्लामा सशक्त र प्रभावकारी काम गरेको बताउनुभयो । आगामी दिनमा जिल्ला अस्पतालले बिरामीको सेवा र स्वास्थ्य सेवालाई अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास गर्नुभयो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय अछामका निमित्त प्रमुख झपटराज ढुंगानाले फलफुल वितरण गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा गुणस्तरी स्वास्थ्य सेवाप्रदान र स्वास्थ्य सवाललाई संचारकर्मीले अझै रचनात्मक रुपमा प्रस्तुत गरेर सहयोग गर्न सुझाव दिनुभयो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष टेकराज भण्डारीले प्रेस चौतारीले देशभर रचनात्मक कार्य गरेको भन्दै जिल्लाका विभिन्न सवाल उठान, पत्रकारिताको विकास र रचनात्मक कार्यमा चौतारी आबद्ध संचारकर्मीले खेलेको भूमिका उल्लेखनीय रहेको प्रष्ट पार्नुभयो ।

उहाँले आगामी दिनमा पनि संगठनले रचनात्मक र सिर्जनात्मक कार्य गरिरहने प्रतिबद्धता जनाउनुभयो ।