५ कार्तिक २०८३, बिहिबार

संगीतकार सापकोटालाई सर्वोत्कृष्ठ लयको अवार्ड

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संगीतकार केशब सापकोटाले नेश्नल पावर न्युज म्युजिक अवार्ड २०७५ हात पारेका छन ।

मास कम्युनिस्केशन अध्ययन गरेका सापकोटा ०६३ सालदेखि निरन्तर गीत संगीतमा छन ।

जनता डिजिटल एण्ड फिल्मका मालिक समेत रहेका सापकोटाले सर्वोत्कृष्ठ लयमा अवार्ड हात पारेका हुन ।

आधुनिक, लोक तथा दोहोरी लगायत सबै किसिमका गीतहरूमा लय र संगीत भर्दै आएका संगीतकार सापकोटा पछिल्लो समय युवा पुस्ताका व्यस्त संगीतकारमा पर्छन ।

कलंकीमा आफनै स्टुडियो स्थापना गरेर गीत संगीतका साथै टेलिफिल्म बनाउँदै आएका सापकोटाले लामो समयदेखि गीत संगीतमा आफूलाई भिजाएका छन ।