८ कार्तिक २०८३, आइतबार

रकम काटिएपछि सांसद आक्रोशित

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । संघीय संसद् सचिवालयले गत पुसदेखि सांसदका पिएको तलब उनीहरूकै खातामा उपलब्ध गराउने निर्णय ग-यो ।

जसअनुसार संसद्का पदाधिकारीको स्वकीय सचिवालयदेखि सांसदका पिएको तलब कट्टा गरेर सचिवालयले सांसदको खातामा रकम जम्मा ग-यो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

पिएको तलबसमेत आफ्नै खातामा बुझ्दै आएका सांसद रकम कट्टा भएपछि आक्रोशित हुँदै सचिवालयमा पुग्ने गरेका छन् । ‘स्वकीय सचिवको पारिश्रमिक कटिएपछि सांसद र समितिका केही सभापतिसमेत आएर झोक्किनुभयो ।

यसअघि मासिक जाने रकममा कटौती भएपछि उहाँहरू आवेशमा आएको पाइयो । सभापति र अध्यक्षदेखि समिति सभापतिको खातामा त यसअघि जाने गरेको रकममध्ये धेरै नै कटौती भयो ।

सम्झाई–बुझाई गर्नै गाह्रो भयो,’ सचिवालयका एक कर्मचारीले भने । ‘हामीले पुसदेखि लागू हुने गरी स्वकीय सचिव तथा पदाधिकारीको सचिवालयका कर्मचारीको तलब निजहरूकै खातामा राख्ने निर्णय ग-यौँ । अझै पनि सबै सांसदले आफ्ना स्वकीयको विवरण उपलब्ध गराइसक्नुभएको छैन,’ संसद् सचिवालयका एक सचिवले भने ।