चितवन, २२ माघ । सिद्धीविनायक आवासीय माध्यामिक विद्यालयको वार्षिकोत्सवका अवसरमा निःशुल्क स्वास्थ शिविरको आयोजना गरेको छ ।
जुटपानी–६ खोलेसिमल स्थित सिद्धीविनायक २०औं वार्षिकोत्सवको अवसरमा विहीवार निशुल्क स्वास्थ्य शिविर एवम् खेलकुद कार्यक्रम आयोजना गरेको हो । विद्यालयका अभिभावकहरुलाई नारायणी सामुदायिक अस्पतालको सहयोगमा स्वास्थ्य परीक्षण र निशुल्क औषधि वितरण समेत गरिएको थियो ।
शिविरमा १९० जनाको मधुमेह, उच्च रक्तचाप, हाडजोर्नी, नशा लगायतका रोगको स्वास्थ्य परीक्षण गरिएको विद्यालयका प्राचार्य विष्णुमणि लामिछानेले जानकारी दिए ।
शिविरमा बरिष्ठ फिजिसिएन डा. राजु बस्नेत, डा. महेन्द्र अग्रहरी र डा. विजय गुप्ताले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । यस्तै, वार्षिकोत्सवको अवसरमा अभिभावकहरुबीच घैटो फुटाई, म्युजिकल चियर लगायतका खेलकुदहरु गरिएको थियो ।
सप्ताहव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थी एवम् अभिभावकलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्राचार्य विष्णुमणि लामिछाने, विद्यालयका निर्देशक लिला बहादुर गुरुङ, सहायक प्राचार्य सागर थापामगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।















प्रतिक्रिया