काठमाडौँ, २२ माघ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले परिवर्तनकारी शक्ति अल्पमतमा परेकाले देश संकटमा फसेको बताउनुभएको छ ।
जनयुद्ध, जनआन्दोलनकारी शक्तिको एकता जरुरी रहेको बताउदै उहाँले परिवर्तनकारी शक्ति अल्पमतमा परेकाले देश संकटमा फसेको बताउनुभएको हो ।
केन्द्रीय समितिले गरेको निर्णयका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मोहन वैद्यले क्रान्तिकारी शक्तिहरुबीच एकताको प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
संविधानसभाको दोस्रो निर्वाचनपछि परिवर्तनकारी शक्ति अल्पमतमा परेको निष्कर्ष निकाल्दै नेपाली काँग्रेस र नेकपा एमालेले विगतको सहमति तथा सम्झौता लत्याएर एमाओवादी लगायतका शक्तिलाई समेत बायस गरेको आरोप लगाउनुभयो । उहाँले अब परिवर्तनकारी शक्तिबीच एकता हुने विचार राख्नुभयो ।
उहाँले आफ्नो पार्टीले आगामी फागुन १ गतेदेखि चैत २४ गतसम्म मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गर्ने बताउनुभयो । अभियानमा सङ्गठन सुदृढीकरण, भ्रष्टाचार, अनियमिततामा संलग्नलाई कारबाही गर्नेसमेत योजना बनाएको अध्यक्ष वैद्यले जानकारी दिनुभयो ।















प्रतिक्रिया