३० आश्विन २०८३, शुक्रबार

प्रतिष्प्रधाबाट नभाग्न क्रान्तिकारीलाई सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Studentकाठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएको समयमा गर्नुपर्ने माग सहित नेविसंघ र अनेरास्ववियुले राजधानीमा संयुक्त सभा आयोजना गरेका छन् ।

पुतलीसडकस्थित शंकरदेव क्याम्पसको प्राङ्गणमा आज सम्पन्न सभाका वक्ताहरूले केही विद्यार्थी संगठन निर्वाचनबाट डराएर पछि हटेको आरोप लगाए । उनीहरूले लोकतान्त्रिक प्रद्धतिबाट कुनै पनि संगठन भाग्न नहुने बताए ।

स्ववियु निर्वाचन अनिवार्य रुपमा सम्पन्न गर्नुपर्ने जनाएका विद्यार्थीहरूले निर्वाचनको तयारीमा लाग्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए ।

नेविसंघका अध्यक्ष रञ्जित कर्णले अनेरास्ववियु क्रान्तिकारीलाई हतियारको दम्भ नदेखाउन सुझाव दिए । ‘हतियार छोडिसकेकाले अब हतियारकै दम्भ नदेखाउँदा हुन्छ,’ उनले भने, ‘अब धाक र धम्कीबाट कोही डराउने छैनन् ।’

उनले सरकारलाई कानुनी शासनको प्रत्याभुति दिन र विद्यार्थी विरोधी हरकत गर्ने जोकोहीलाई कारबाही गर्न आग्रह गरे ।

एमाले निकट अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्लले लोकतन्त्रको रक्षााका लागि स्ववियु निर्वाचन अनिर्वाय रहेको बताए । ‘हामी नेविसंघ र अखिल विद्यार्थी आन्दोलनका प्रतिस्प्रर्धी शक्ति हौं,’ उनले भने, ‘तर हारजितलाई स्वीकार गर्ने संकल्प लिएर विद्यार्थी आन्दोलनका पक्षमा छौं ।’

अखिल छैटौंका अध्यक्ष अनिककिशोर घिमिरेले चुनाव भाँड्न खोज्नेहरू विद्यार्थी आन्दोलनका सारथी बन्न नसक्ने बताए ।

कार्यक्रम अनेरास्ववियुकी महासचिव नवीना लामाको सञ्चालन गरेकी थिइन् भने नेविसंघका पूर्वउपाध्यक्ष ऋषिशेशजंग शाहले सभापतित्व गरेका थिए ।

एमाओवादी र नेकपा–माओवादी निकट विद्यार्थी संगठन स्ववियु निर्वाचनको बिरोधमा उत्रिए पछि विद्यार्थी संगठनहरूका बीच दुरी बढ्दै आएको छ ।