२ कार्तिक २०८३, सोमबार

सञ्चारकर्मीको पहलमा चेपाङ केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSC00461 (1)

चितवन २२ माघ । चितवन जिल्लाको रत्ननगर–१० मंगलपुरमा रहेको गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई फर्निचर र खाद्यान्न सहयोग प्राप्त भएको छ ।
पत्रकार प्रतिमा सिलवालको पहलमा गुडमर्निङ योगा ग्रुपले ७ थान खाट, २ थान दराज र १५ दिनलाई पुग्ने खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित वालवालिकालाई सुत्ने खाट र दराज अभाव भएको थाहापाई ग्रुपले सहयोग प्राप्त भएको केन्द्रका अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रमा चितवन र मकवानपुरका ७६ जना विपन्न चेपाङ वालवालिका आश्रय लिई अध्ययन गरिरहेका छन ।