२९ आश्विन २०८३, बिहिबार

कारभित्रै रोमान्स गर्ने जोडी धरौटीमा छुटे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Suraj-Giri-Sahana-Bajracharya

काठमाडौं । व्यवसायीलाई फोन गरेर धम्की दिने मोडल साहाना बज्राचार्य तथा कान्तिपुर टेलिभिजनका पूर्व कार्यक्रम सञ्चालक सुरज गिरी धरौटीमा छुटेका छन् ।

दुवैले पालैपालो विज्ञापन तथा म्यूजिक भिडियो कम्पनी सञ्चालक हर्षवर्दन साहनीलाई मोबाइलबाट गाली गर्दै ‘छोरीलाई बलात्कार गरिदिने’ धम्की दिएका थिए ।

धम्की लगत्तै दुवैलाई प्रहरीले पक्राउ गरेको थियो । चितवनमा कारमै मस्ती गर्दा रंगेहात पक्राउ परेका दुवैले विहीवार धरौटीमा रिहा भएका हुन् । सुरजले २५ हजार र साहाना १५ हजार रुपैयाँ धरौटी तिरेका छन् ।

सुरज र साहना विरुद्ध हनी कम्पनीका सञ्चालक हर्षवर्धन साहनीले गाली गलौज तथा ज्यान मार्ने धम्की दिएको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रहरी प्रशासनले सुरज र साहनालाई पक्राउ गरी अनुसन्धानको लागि थुनामा राखेको थियो ।

यसअघि कान्तिपुर टेलिभिजनमा दुवै जना कान्तिपुर कलिङ कार्यक्रम चलाउदै आएका थिए । टेलिभिजनबाटै प्रेममा परेका यी दुई चितवनको जंगलमा कारमै रोमान्स गरिरहेको अवस्थामा यसअघि पनि प्रहरीले रंगेहात पक्राउ गरेको थियो ।

रंगेहात पक्राउ परेपछि कान्तिपुरले जागिरबाट निकालेको थियो । कारमा रोमान्स गरेको विषय यी दुवैले अस्विकार गर्दै आएका छन् ।