– रामसुन्दर आचार्य
काभ्रे, २२ माघ । प्रेस चौतारी काभ्रे शाखाले प्रेस चौतारीको सत्रौँ स्थापना दिवसको अवसरमा एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र लत्ता कपडा दिएर मनाएको छ ।
जिल्ला शाखाले बिहीबार जिल्लाको पाचखाल नगरपालिका–१ मयलबोटमा रहेको जनउद्दार प्राथमिक विद्यालयका ५० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित लत्ता कपडा दिएर दिवस मनाएको हो ।
नेपाल सितेरियो करातेँ–डो संघ काभ्रे शाखा, अनिल स–सुनिल मिल बनेपा, श्रेष्ठ अटो कन्र्सन र रत्नश्री मार्केटिङ र प्रगती पुस्तक भण्डार बनेपाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर, विस्कुट, जोमेक्ट्री बक्स, कापी, पेन, साबुन र रुमाल प्रेस चौतारी काभ्रे शाखाले वितरण गरेको अध्यक्ष नवराज बजगाइले जानकारी दिनुभयो ।
वितरण कार्यक्रममा एमाले अञ्चल कमिटिको संगठन विभाग प्रमुख एंव सभाषद् विदुर सापकोटा, एमाले काभ्रेका अध्यक्ष गोकुल बाँस्कोटा, जिल्ला शिक्षा अधिकारी डाक्टर दिपेन्द्र गुरुङ, प्रेस चौतारीका केन्द्रय सदस्य हिरामान लामा, पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय कराँते प्रशिक्षक नवराज मान्नधर, वरिष्ट लोक गायक मच्छेश्वर सापकोटा लगायतले प्रेस चौतारीलाई शुभकामना दिनु भएको थियो ।
चौतारीले सहयोग गरेको विद्यालयका ३५ प्रतिशत विद्यार्थीहरु बालश्रममा जाने गरकाले सहयोगको थालनी गरिएको अध्यक्ष बजगाइले बताउनुभयो ।
















प्रतिक्रिया