४ कार्तिक २०८३, बुधबार

कोपाको सेमिफाइनलमा बार्सिलोना र रियलबीच बराबरी

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, २४ माघ । स्पेनी फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र रियल मिड्रडले एक–एक गोलको बराबरी खेलेका छन् ।

क्याम्प नोउमा ९२ हजार दर्शकमाझ भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन ।

स्टार खेलाडी लियोनल मेस्सीलाई पूर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको बार्सिलोनाविरुद्ध खेलको छैटौं मिनेटमा नै लुकास भाज्क्वेजले गोल गर्दै अग्रता दिलाए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको रियलविरुद्ध घरेलु टिम बार्सिलोनाले ५७ औं मिनेटमा खेल बराबरी गर्न सफल भयो । उसका लागि माल्कोमले गोल गरे ।

६३औं मिनेटमा मेस्सी मैदानमा प्रवेश गरेपछि बार्सिलोनाले रियल वरुद्ध केही दबाब बनाए पनि गोल गर्न सकेन । यो बराबरीले दुवै टिमलाई फाइनलमा पुग्न ढोका खुल्ला नै रहेको छ ।