२ कार्तिक २०८३, सोमबार

एमाले अध्यक्ष ओलीलाई बोलाएर राष्ट्रपतिले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli-Dr-yadav

काठमाडौँ, २२ माघ । राष्ट्रपति डा. रामवरण यादवसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहीवार भेटवार्ता गर्नुभएको छ ।

पछिल्लो राजनीतिक अवस्था, संविधान निर्माण प्रक्रियाका विषयमा छलफल भएको राष्ट्रपति कार्यालय शितलनिवासले जनाएको छ ।

विहीवार विहान भएको भेटमा एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति यादवले एमाओवादी लगायतका विपक्षी दललाई सहमतिमा ल्याउन आग्रह गर्नुभएको थियो । पछिल्लो समय एमाओवादी र एमालेको बीचको दुरीका बारेमा पनि राष्ट्रपति यादवले चाँसो राखेको अध्यक्ष ओलीका सहयोगी रमेश आचार्यले जानकारी दिनुभयो ।

जवाफमा अध्यक्ष ओलीले सहमतिबाटै संविधान बनाउन आफूहरु तयार रहेको बताएका थिए । सकेसम्म समहतिबाटै नभए प्रक्रियामा विपक्षी दलहरुलाई सहभागि गराएरै संविधान बनाउने तयारीमा आफूहरु रहेको अध्यक्ष ओलीले राष्ट्रपति यादवलाई वचन दिएका थिए ।

राष्ट्रपति यादवले चाडो भन्दा चाडो सहमति जुटाएर संविधान निर्माणको वातारवरण बनाउनुपर्नेमा जोड दिनुभएको थियो । राष्ट्रपति यादव र अध्यक्ष ओलीबीच समसामयिक राजनीतिक घटनाक्रम सम्बन्धमा करिब १ घण्टा वार्ता भएको थियो ।