४ कार्तिक २०८३, बुधबार

पूर्वराजाप्रति आकर्षण बढेकै हो ?

22.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ माघ । पूर्वराजा ज्ञानन्द्र शाहले मध्य तराईको भ्रमण गरेका छन् । काठमाडौं उपत्यकामा भन्दा बाहिरी जिल्ला घुम्न र सर्वसाधारणहरू भेटघाट गर्न रुचाउन पूर्वराजा शाहले जनसम्पर्कलाई बाक्लो बनाउन थालेका छन् ।

बारा जिल्लाको भ्रमणपछि पूर्वराजा शाह झापा जाने छन् । झापामा आफ्ना शुभेच्छुकहरूलाई भेट्ने छन् । आफ्ना कुराहरू बाहिर अभिव्यक्त नगर्ने पूर्वराजा शाहले सबैका कुरा सुन्ने मात्रै गर्छन् । पूर्वराजा शाह जहाँ जान्छन् त्यहाँ ‘राजा आउ देश बचाउ’को नारा लाग्ने गरेको छ । भिड पनि लाग्ने गरेको छ ।

दुई महिना अगाडि पोखरामा बसेका बेला राप्रपाका नेताहरूलाई बोलाएर पूर्वराजा शाहले मिलेर जान निर्देशन दिएका थिए । पूर्वराजा शाहको निर्देशन मान्न विभिन्न राप्रपाका अध्यक्षहरू कमल थापा, पशुपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी तयार भए ।

पूर्वराजाकै निर्देशनमा पशुतपति शम्शेर राणा र डा.प्रकाशचन्द्र लोहनी नेतृृत्वको दुई राप्रपाबीच पार्टी एकीकरण भएको छ । डा.लोहनीको अस्तित्वमै नरहेको राप्रपा राणाको पार्टीमा बिलय भएको छ ।

कमल थापा नेतृत्वको राप्रपाले हिन्दू अभियान चलाएको छ । अरु राप्रपाभन्दा कमल थापाको पार्टी ठूलो छ । अध्यक्ष थापा देश दौडाहमा निस्कदै छन् । पूर्वराजा शाह पनि देश दौडाहमा छन् । यी सबै संयोग मात्रै होइनन् ।

पूर्वराजा शाह र राप्रपाहरूभित्र चलेको चलखेलले कही भैरहेको छ भन्ने संकेत गरेको नेताहरू बताउँछन् । कमल थापा नेतृत्वको राप्रपाका एकजना नेताले भने, ‘सबै राप्रपालाई मिलाएर ठूलो पार्टी बनाउने । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि सहयोग गर्ने तयारी भएको छ ।’

पूर्वराजा शाह काठमाडौंमा भन्दा पनि जिल्लाहरूमा घुम्दै आएका छन् । मन्दिरमा जाने, पूजा गर्ने, शुभेच्छुकहरूसँग भेट्ने आदि कार्यले गर्दा पूर्वराजा शाहप्रति गाउँका जनताको सहानुभूति बढ्न थालेको चर्चा हुन थालेको छ ।

राजनीतिक दलका नेताहरू जिल्लामा जाँदा तडक–भडकका साथ जाने गरेका छन् । तर, पूर्वराजा जिल्लाहरूमा जाँदा आफ्ना शुभेच्छुकहरूलाई मात्रै जानकारी गराएर जाने गरेका छन् । उनको भ्रमणका बारेमा धेरै प्रचार गरिएको हुँदैन ।