४ कार्तिक २०८३, बुधबार

कार्यदलबारे माओवादी पृष्ठभूमि भएका नेताहरूको अर्कै तर्क

3.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पार्टी समायोजनका विषयमा मस्यौदा बनाउन गठन गरेको समितिको लामो समयसम्म बैठक बस्न नसकेकोमा पूर्वमाओवादीले आपत्ति जनाएको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछि नेता र संगठनहरूलाई समायोजन गर्ने तयारी भएको थियो ।

समायोजनको खाका तयार पार्न तत्कालीन माओवादीका नेता रामबहादुर थापाको संयोजकत्वमा कार्यदल गठन भएको थियो ।

तर, कार्यदललको बैठक राम्रोसँग बस्नै नसकी टुंगिएपछि माओवादी पृष्ठभूमि भएका नेताहरू आक्रोशित बनेका छन् ।

कार्यदलका सदस्य समेत रहेका नेकपाका नेता लेखराज भट्टले कार्यदललाई काम गर्न नदिइएको आरोप लगाए ।

‘हामी कार्यदलमा थियौँ’, नेपाली रेडियो नेटवर्कमा मंगलबार बिहान कुरा गर्दै उनले भनेका छन्, ‘कार्यदलको बैठक बोलाउन नेताहरूले चासो नै दिनुभएन । काम गर्नै सकिएन ।’

भट्टले पार्टीलाई समायोजन नगर्ने हो भने समस्या उत्पन्न हुने बताए । उनले घुमाउरो भाषामा नेताहरूको समायोजनमा पूर्वएमालेका नेताहरूको असहयोग गरेको बताए ।

कार्यदलका संयोजक थापा र महासचिव विष्णु पौडेलबीच कुरा नमिल्दा बैठक प्रभावित हुने गरेको बताएका छन ।