
-बिजय चालिसे
कावासोती, २१ माघ । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको पाँचौ दिन दर्शकहरुलाई गायक प्रकाश सपुतले भरपुर मनोरञ्जन दिलाएका छन् ।
उनले गाएको बोल माया बोल गितमा प्राय युवा पुस्तामा माहोल छाएको थियो । उनिसङ्गै कला लम्साल, सिला भट्टराई, अर्जुन सापकोटा, हिम कुमार थापालगायत स्थानिय कलाकारहरुले थप मनोरन्जन प्रदान गरेका थिए । महोत्सव सुरु भएको पाचौं दिन आज दर्शकहरुको पनि उत्साहजनक सहभागिता रहेको नवलपुर उधोग बाणिज्य सङ्घका अध्यक्ष डासुराज पोखरेलले जानकारी दिनुभयो ।
नवलपुरका मात्र नभै छिमेकी जिल्ला चितवन र पश्चिम नवलपरासीबाट पनि अवलोकनकर्ताहरु कावासोती आएका थिए । पाँचौ दिनको साङ्गितिक कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेसका महामन्त्री ड। शशांक कोईराला रहनुभएको थियो ।
गायक सापकोटाले गित गाउदा काङ्ग्रेस महामन्त्री कोईराला पनि छमछम नाचे । अन्य अतिथिहरु पनि मञ्चमा नाचेका थिए ।
कृषि, स्थानीय उत्पादन, पर्यटनको विकासलाई जोड दिँदै हरेक वर्ष संघले महोत्सव आयोजना गर्दै आएको छ ।
महोत्सवमा २ सय ८० भन्दा बढी स्टलहरुमा कृषि तथा हस्तकला प्रर्दशनी, बाल उद्यान, सुचना प्रविधी, अटो मोबाईल्स प्रदर्शनी प्रमुख आकर्षणका रुपमा रहेका छन् । माघ २७ गतेसम्म चल्ने महोत्सवमा करिब ७ करोड रुपैयाँको आर्थिक कारोवार हुनुका साथै ३ लाख ५० हजार बढी दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।
महोत्वसमा स्थानीयले उत्पादन गरेको कृषि उपजको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिनेछ ।
महोत्सव परिसरमा बनाईएको हिमाल, पहाड, तराईको झल्को दिने आकृति महोत्वसको अर्को आकर्षण बनिरहेको छ । नवलपुर जिल्लामा हिमाल पहाड तराई क्षेत्र रहेकाले जिल्लाको आकृति तयार पारिएको हो । त्यहाँ बिशेश गरि सेल्फी खिच्नेहरु बढिनै देखिन्थे ।
त्यसैगरी महोत्सवमा राष्ट्रिय लोकदोहोरी गित प्रतियोगिता, नवलपुर डान्स आईडल, अन्तरक्लब स्तरीय भलिबल प्रतियोगिता लगायतका कार्यक्रमबाट पनि महोत्सवमा थप रौनकता छाएको छ ।
यसैबिच भोली ख्यातिप्राप्त कलाकार सम्झना लामिछाने, दुर्गेश थापा, शिव हमालसहित स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने साँस्कृतिक संयोजक गोविन्द क्षेत्रीले जानकारी दिए ।












प्रतिक्रिया