५ कार्तिक २०८३, बिहिबार

यी अभिनेत्रीका १६ वर्ष कान्छा मायालु, मिडियामा हँगामा

9.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेत्री सुस्मिता सेन आफ्नो १६ वर्ष कान्छा प्रेमी रोहमन सालसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । उनी सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छिन् । तस्बिर साथै आफ्नो धारणहरू पनि सामाजिक सञ्जालमा राखिरहन्छिन् । अहिले भने उनको फरक ढंगले चर्चा भइरहेको छ ।

सुस्मिताले बुधबार आफ्नो अफिसियल ट्विटर एकाउन्टमा लेखेकी थिइन्, ‘म तिमीलाई यति प्रेम गर्छु कि यस नातामा म सरकारलाई पनि सामेल गराउन गइरहेको छु । जसका कारण तिमी छाडेर जान सक्दैनौ ।’ उनको यस्तो अभिव्यक्तिले उनी सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

उनको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले भद्दा कमेन्ट गर्न सुरु गरेका थिए । एक प्रयोगकर्ताले उनलाई मजाक बनाउँदै लेखेका छन्, ‘तपाईं यो भन्न चाहनुहुन्छ कि हामी जनावर बनौँ र तपाईं जसरी बोलौँ ।’ अर्काले लेखेका छन्, ‘यो पोस्ट सेयर गर्दा तिमी नशामा थियौ ।’ यसका साथै अन्य प्रयोगकर्ताले पनि भद्दा कमेन्ट गरेका छन् ।

सुस्मिता अचेल प्रायजसो सार्वजनिक कार्यक्रममा रोहमनसँग देखिन्छिन् । उनले इन्स्टाग्राममा रोहमनसँगको केही तस्बिर पिन सार्वजनिक गरेकी छिन् । एजन्सी