२० कार्तिक २०८३, शुक्रबार

वनमन्त्री शक्ति बस्नेतकी भतिजी मृत भेटिइन्

21.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० माघ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेत आइतबार मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार, आफ्नै फ्ल्याटमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा उनको शव फेला परेको हो । आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् ।

त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो । मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने वनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।