धादिङ, २२ माघ । प्रेस चौतारी नेपालको १७ औँ स्थापना दिवसका उपलक्ष्यमा प्रेस चौतारी धादिङद्वारा विहीवार धादिङ अस्पतालमा उपचाररत बिरामीलाई दूध र फलफूल तथा अस्पताललाई कम्बल हस्तान्तरण गरिएको छ ।
प्रेस चौतारी धादिङका अध्यक्ष नारायणचन्द्र सुवेदीले सुत्केरी गराउन आउने बिरामीलाई सेवा उपलब्ध गराउन दुई थान कम्बल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रसिला अमात्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
देशैभरी प्रेस चौतारी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । रासस















प्रतिक्रिया