४ कार्तिक २०८३, बुधबार

…ऐना पुछ्न लगाउँछन् प्रधानमन्त्री ओली : गगन थापा

6.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित सरकारको कामकारबाहीको आलोचना गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले सरकारले गर्नपर्ने काम नगरेको र नगर्नपर्ने काम गरेको भन्दै तिव्र आलोचना गरेका हुन् । उनले प्रधानमन्त्री ओलीले जताततै भ्रष्टाचारी राखेर भ्रष्टाचारीको अनुहारसम्म नहेर्ने भन्दै हिँड्नु लज्जास्पद भएको बताए ।

‘प्रधानमन्त्रीको अनुहारभरी दागै दाग छ, ऐना अगाडी उभिँदा दाग देखियो भने ऐना पुछ्न लगाउँछन्, आफ्नो अनुहार चम्किलो रहेको दाबी गर्छन्’, ओलीको आलोचना गर्दै उनले थपे,‘सबै कुुरा जानेको, आफैं ब्रम्हाजस्तो पनि कुरा गर्छन् । तर, अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई विवादमा तान्ने काम गरिसके ।’

शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको सरकारले निर्मला पन्त प्रकरण टुंगो नलगाउँदै बिराटनगरमा रुपमतीको सामूहिक बलात्कारको विभत्स घटना उठाएका थापाले भने,‘प्रधानमन्त्रीलाई हामी उनलाई ऐना देखाउन चहान्छौं ।’

संसदमा प्रतिपक्षी नै नदेखेको भनी सत्तापक्ष र सरकारले दिएको अभिव्यक्तिलाई कडा चुनौति दिँदै थापाले भने,‘अब सदन र सडकमा पनि प्रतिपक्षी कहाँ छ, कस्तो हुनुपर्छ भनेर हामी सरकारलाई देखाएर छाड्छौं ।’