२ कार्तिक २०८३, सोमबार

दलहरुकै सहमतिमा लोकतान्त्रिक संविधान बन्छ : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhकाठमाडौँ २२ माघ । उपप्रधान तथा संघिया मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले विपक्षी दलहरुलाई सहमतिमा आएर संविधान निर्माण प्रक्रियामा सहभागि हुन आग्रह गर्नुभएको छ ।

उपप्रधानमन्त्री सिंहले विवादित विषयहरुमा प्रश्नावली समितिमै पनि सहमति जुटाउन सकिने बताउँदै विपक्षी दलहरुलाई संविधान निर्माण प्रक्रियामा आउन आग्रह गर्नुभएको हो । सहमतिकै आधारमा संविधान जारी गर्नुवपर्ने बताउदै उहाँले सबै दलहरुलाई संविधानसभामा सहमागि गराउने प्रयास सरकारले गरिरहेको बताउनुभयो ।

विहीवार सिद्धकाली, इन्द्रायणी, दक्षिणकाली र मनकामना भगवती मन्दिरको गजुर अनावरण गर्दै उहाँले प्रश्नावली समितिमा पनि सहमति जुटाउन सकिने बताउँदै सहमतिकै आधारमा संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।

‘पहिलो संविधानसभाले संविधान दिन नसकेको तीतो अनुभव नेपाली जनता र नेपाली राजनीतिमा भएकाले वर्तमान संविधानसभाले कुनै पनि हालतमा लोकतान्त्रिक संविधान दिने छ ।’ उप्रधानमन्त्री सिंहले भन्नुभयो ।

प्रक्रियामा जाँदा पनि सहमतिको ढोका बन्द नभएको बताउँदै एकीकृत नेकपा माओवादी लगायत दलहरुलाई सहमतिमा आएर संविधान लेखनमा लाग्नुपर्ने उहाँको धारणा छ । आन्दोलनबाट देश र जनतालाई दुःख दिनु राम्रो कदम नभएको र आन्दोलन छाडेर वार्तामा आउन उहाँले विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।