५ कार्तिक २०८३, बिहिबार

रविलाई एसवाइएस डान्स च्याम्पियनको उपाधि

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय चालिसे

कावासोती । कावासोती १६ डण्डाका रवि मगर एसवाइएस डान्स नवलपुर च्याम्पियन भएका छन् ।

नवलपुर जिल्लाभरका १ सय १२ जना मध्येबाट मगर च्याम्पियन भएका हुन् । सेमिफाइनलमा पुगेका २२ जनालाई उछिन्दै कावासोतीमा भएको अन्तिम प्रतिस्पर्धामा मगर च्याम्पियन बन्न सफल भएका आयोजक सो योर स्टाईल डान्स एकेडेमीका अभि मगरले जानकारी दिनुभयो ।

उनले उपाधिसहित ५० हजार नगद प्राप्त गरेका छन् । दिदीबहिनी कला केन्द्र कावासोतीका प्रशिक्षार्थी पेमा तामाङ द्वितीय भएका छन । लक्ष्मी सुनार तृतीय भएकी छिन् ।

उनीहरुले क्रमशः ३० र २० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।