२ कार्तिक २०८३, सोमबार

तत्काल तलब नदिए आन्दोलन गर्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Salary_teacherमहेन्द्रनगर, २२ माघ । तत्काल तलब निकासा नभए चरणबद्ध आन्दोलनमा उत्रिने शिक्षक संगठनहरुले चेतावनी दिएका छन् ।

कञ्चनपुरका विभिन्न चार शिक्षक सङ्गठनले तलब भत्ता तत्काल निकासा नभए आन्दोलन चर्काउने बताएका हुन् ।

नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन र अखिल नेपाल शिक्षक सङ्गठनले संयुक्त विज्ञप्ती जारी गर्दै जिल्ला शिक्षा कार्यालय कञ्चनपुरलाई समेत विभिन्न माग राखी बुझाएका छन् ।

तत्काल तलब भत्ता निकासाको माग गर्दैै जिल्ला शिक्षा अधिकारी भीम साउँदलाई पनि संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा एक साताभित्रै तलब निकासा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिइएको हो ।

शिक्षक सङ्घका अध्यक्ष बिर्खबहादुर मल्लले तीन महिना बितिसक्दा पनि दोस्रो चौमासिकअन्तर्गतको तलब भत्ता निकासा नहुँदा जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक, विद्यालय कर्मचारी तथा बाल विकास सहयोगी कार्यकर्ता मर्कामा परेको बताउनुभयो ।