२ कार्तिक २०८३, सोमबार

आजको संविधानसभा बैठक विपक्षी मोर्चाले बहिष्कार गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

BICC_CA_Meetingकाठमाडौं, २२ माघ । प्रक्रियाबाट संविधान जारी गर्ने कार्यमा कांग्रेस, एमाले लागेको भन्दै आन्दोलनरत एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले संविधानसभाको बैठक बहिष्कार गर्ने भएको छ ।

आजका लागि बोलाइएको संविधानसभा बैठक विपक्षी मोर्चाले बहिष्कार गर्ने निर्णय गरेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो ।

बैठकमा संविधानसभाको प्रश्नावली तयारी समितिको म्याद थपको सम्बन्धी कार्यसूची छ ।

नयाँ संविधान प्रक्रियाबाट भए पनि जारी गर्न कांग्रेस र एमाले सक्रिय भएपछि एमाओवादी नेतृत्वको विपक्षी मोर्चा सडकमा छ । उसले संविधानसभामा कांग्रेस र एमालेलाई असहयोग गर्दै आएको छ ।

यसैबीच, राप्रपा नेपालले पनि आफ्नो असहमति जनाउन संविधानसभा बैठकमा बिरोध जनाउने बताएको छ ।