४ कार्तिक २०८३, बुधबार

नेकपा महिला कार्यकर्ताको आरोप– पूर्वमन्त्री बस्नेतले पैसा तिरेनन्, यौनजन्य हर्कत पनि गरे

14.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ माघ । नेपाल कम्युनिस्ट पार्टी सल्यानकी महिला कार्यकर्ता मैमाकुमारी खत्रीले पूर्वसामान्य प्रशासन मन्त्री तथा नेकपा नेता टेकबहादुर बस्नेतले आफ्नो रकम खाएको र यौनजन्य हर्कत गरेको आरोप लगाएकी छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लामै स्ट्याटस राखेर न्यायका लागि अधिकारकर्मी र पत्रकारलाई गुहार्दै लेखेकी छन्, ‘अभिभावक र नेता ठानेको मान्छेले मैले ज्वाई र साथीसँग मागेर दिएको ऋण ४ लाख पनि तिरेनन् उल्टै धम्क्याए । पछि, यौनजन्य दृष्टिले मलाई पीडा दिने काम गरे ।’

सल्यान बागचौर–८ की खत्रीले अगाडि लेखेकी छिन्, ‘बस्नेतले मसँग २०७४ साल भदौ महिनामा ४ लाख ऋण माग्नु भएको थियोे मैले आफ्नै एउटा जिम्मेवार नेता एवम् अभिभावक हुनुका नाताले मेरो ज्वाई र एकजना ब्यापारी साथीसँग सापटी लिएर २०७४ साल ६ महिना ११ गते उहाँको घरमा पुगेर ४ लाख रुपिया बुझाएँ ।’

पैसा फिर्ता माग्दा कुनै आर्थिक कारोबार नभएको भन्दै बस्नेतले ‘म नेता हुँ, तिम्रो भविष्य पनि डामाडोल पार्न सक्छु’ भन्ने धम्की दिएको खत्रीले उल्लेख गरेकी छन् ।

कुनै कुनै बेला कुदृष्टि राखी नारायणगढ बोलाउने गरेको उल्लेख गरेकी उनले अगाडि लेखेकी छन्, ‘उहाँले मलाई धेरैपटक यौनजन्य क्रियाकलापमा केन्द्रीत गरेर भेट्न समेत बोलाउनुभयो, मैले असहमति जनाए तर उहाँले अहिले आएर मैले भेट्न अटेरी गरेपछि पैसा नदिने धम्की दिदै आउनु भएको छ ।’

रकम लिनुअघि कहिले वडा सदस्य बनाउने, कहिले नगरपालिकामा चुनाव लड्नुपर्छ भन्ने गरेका बस्नेतले घुमाउरो तरिकाले यौनजन्य प्रस्ताव गरेको र असहमति जनाउँदा रकम नदिने धम्की दिएको उनले उल्लेख गरेकी छन् ।

उनले आफू गरिब र अन्यायमा परेकी महिला भएका कारण न्याय दिलाउन अपिल पनि गरेकी छन् ।

पढ्नुहोस् उनको फेसबुक स्टाटस: