विराटनगर, १८ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कमयुनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा हतियारसहित पक्राउ परेका छन् ।
नरेन्द्र विश्वकर्मालाई प्रहरीले बिराटनगरमा बिहीबार साँझ पेस्तोलमा लाग्ने गोलीसहित पक्राउ परेको स्रोतले जनाएको छ ।
कालिकोट घर भएका २७ वर्षीय नरेन्द्र विश्वकर्मा विराटनगर विमानस्थलबाट पक्राउ परेका हुन् ।
नरेन्द्रको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद भएको छ । नरेन्द्र विश्वकर्मा पक्राउ परेको विषयलाई प्रहरीका अधिकारीले भने गोप्य राख्ने प्रयास गरेका छन् ।
नरेन्द्र विश्वकर्मा यति एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा विराटनगर विमानस्थल हुँदै काठमाडौं जाने तयारीमा थिए ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा गोली फेला परेपछि एक युवालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताएका छन् ।
डीएसपी श्रेष्ठले नरेन्द्र विश्वकर्मालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बताए ।















प्रतिक्रिया