४ कार्तिक २०८३, बुधबार

गण्डकी विकास बैंकको शाखा रुपन्देहीको मानपकडीमा

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १७ माघ । गण्डकी विकास बैंकले रुपन्देहीको मानपकडीे शाखाको औपचारिक दद्घाटन गरेको छ । रुपन्देही क्षेत्र नं. ३ का प्रदेश सभासद तुल्सी प्रसाद चौधरीले शाखाको औपचारिक उद्घाटन गरे ।

चौधरीले गण्डकी विकास बैंकले ग्रामीण भेगका साना साना निक्षेपकर्ताहरुको हित र साना साना व्यवसायको प्रवद्र्धनमा टेवा पुर्‍याउन आग्रह गर्दै बैंकलाई मानपकडीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । बैंकका सञ्चालक वासुदेव त्रिपाठीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शुद्धोधन गाउँपालिकाका अध्यक्ष किसुनचन्द चौधरी, शुद्धोधन गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष पुण्यराम गौतम एवंम समाजसेवी शिवराम न्यौपानेको पनि सहभागिता थियो ।

कार्यक्रममा बैंकले प्रदान गर्ने सेवा सुविधा एवं बैंकको गतिविधिका बारेमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र पन्तले जानकारी गराए भने बैंकका प्रबन्धक मिलन कुमार पुनले स्वागत मन्तव्य व्यक्त गरे ।

बैंकले केन्द्रीय कार्यालयका साथै देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, सि–आस्बा, आईपीएस, मोबाइल बैंकिङ सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा प्रदान गरिरहेको छ ।

प्रधान कार्यालय लगायत केही शाखाहरुबाट ३६५ दिनै बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा पनि प्रदान गर्दै आइरहेको छ भने न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्घ लघुवित्त कर्जा प्रदान गर्दै आएको छ ।

साथै बैंकले आगामी दिनहरुमा समेत शाखा सञ्जाल विस्तार गर्दै ग्रामीण स्तरका जनताहरुलाई थप सेवा प्रदान गर्ने योजना बनाएको छ ।