४ कार्तिक २०८३, बुधबार

३३ किलो सुन काण्डमा मुछिएका भन्सार कर्मचारीको १४ करोड अवैध सम्पत्ति !

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठसँग १४ करोडभन्दा बढी अवैध सम्पत्ति भेटिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २० पुस २०७३ मा साढे ३३ किलो अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका श्रेष्ठसँग अकुत सम्पत्ति भेटिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठविरूद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । उनी २७ पुस २०७३ देखि निलम्बनमा थिए । आयोगको अनुसन्धानमा श्रेष्ठले सार्वजनिक सेवा प्रवेश गरे पश्चातको समग्र आय व्ययको विश्लेषण गर्दा १४ करोडको सम्पत्ति अवैध भेटिएको हो ।

२०५३ चैत ५ मा सेवा प्रवेश गरेका श्रेष्ठ २०७३ पुससम्मको पारिश्रमिक बचत १८ लाख १६ हजार देखिएको छ । उनले आफू तथा एकासगोलका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट ३ करोड ४७ लाख रुपैयाँ कर्जा लिएका छन् । उनको खर्च तथा लगानीतर्फ २ करोड ४६ लाखको जग्गा, ३ करोड ८६ लाखको घर निर्माण र १० लाख ६८ हजार अध्ययन खर्च देखिएको छ ।

यस्तै नमोबुद्द एग्रो प्रालिमा ५ करोड ४७ लाख लगानी र ३ करोड ७४ लाख श्रृण भुक्तानी गरेको भेटिएको छ । उनले २ करोड २६ लाखको सवारीसाधन र बैंकमा ८६ लाख र ९२ लाखको फल्याट खरिद गरेका छन् । आयोगले श्रेष्ठको आम्दानी, खर्च र लगानी जोड घटाउ गर्दा समेत १४ करोड ६१ लाख रुपैयाँ बराबरको स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जन गरेको पुष्टि भएको जनाएको छ ।

उनीबिरुद्ध बिगो बराबरको माग दाबीसहित साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको मागदाबी लिदैं मुद्दा दर्ता गरिएको छ ।

आयोगकाअनुसार श्रेष्ठले जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्तिहरू राखेको भेटिएको छ ।

.