४ कार्तिक २०८३, बुधबार

दिपक मनाङ्गेले सपथ लिए, तत्काल कुनै पार्टी प्रवेश नगर्ने

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । ‘दिपक मनाङ्गे’ भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । सोमबार गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सपथ गराएका हुन् ।

सपथ खुवाए लगत्तै सभामुखले टीका लगाइदिए र उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले हात मिलाएर बधाइ दिए ।

‘मनाङे’ मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन पाएका थिएनन् । उनले करिव ८ महिना जेल बसे । पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।

सपथका लागि ‘मनाङे’ सोमबार नै काठमाडौंबाट पाेखरा पुगेका थिए । उनले सरकारलाई राम्रो काममा सहयोग गर्ने बताए ।  लामाे समयसम्म उनलाई सपथ खुवाउने विषय विवादमा रहेकाे थियाे। तर संघीय संसदमा कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका रेशम चाैधरीले सपथ लिएपछि उनका लागि बाटो सहज बनेको हो।

मनाङले आफू कुनै पार्टीमा प्रवेश गर्ने विषयमा अहिले नसोचेको प्रतिक्रिया दिएका छन् ।