काठमाडौं, २१ माघ । नेपाल सरकारका उद्योगमन्त्री महेश बस्नेतले राजीनामा दिएका छन् ।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको अध्यक्षबाट राजीनामा दिएका हुन् ।
युवा संघ नेपालका सदस्य प्रकाश खत्रीका अनुसार बुधबार बिहानदेखि केन्द्रीय पदाधिकारी बैठकमा मन्त्रि बस्नेतले संगठनलाई समय दिन नसकेकाले नयाँ अध्यक्षको आवश्यकता देखिएकाले राजीनामा दिएका हुन् ।
उहाँको दिएको राजीनामा माथि थप छलफलबाट स्वीकृत हुने सदस्य खत्रीले जानकारी दिनुभयो । रिक्त अध्यक्ष पदमा पूर्ति गर्न एमाले निर्वाचन आयोगका प्रमुख सोमनाथ प्यासी युवा संघको बैठकमा छलफल गरेका छन् ।
अध्यक्ष बस्नेतले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष निरु पाल अध्यक्ष बन्ने निश्चित भएको छ । निरु पाल ओलीको निकटम हुन् । निरु पाल अध्यक्ष हुने भएपछि नेपाल पक्षका विद्यार्थी असन्तुष्ट बनेको स्रोतले बतायो ।















प्रतिक्रिया