२ कार्तिक २०८३, सोमबार

जहांँ विवाद आउछ, त्यहाँ जनमत सङ्ग्रहले समस्या समाधान गर्नुपर्छः नेता केसी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

arjun_narsingh_kcधनगढी, २१ माघ । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले राज्य पुनःसंरचना गर्दा बढी विवाद देखिएका जिल्लाका जनताको अभिमत लिएर भए पनि समस्या समाधानको बाटोमा जान सकिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले ‘जनता नै सर्वोच्च शक्ति भएकाले जहांँ विवाद हुन्छ, त्यहाँ जनमत सङ्ग्रह गरेर समस्या समाधान गर्न सकिन्छ’ भन्नुभयो ।

एक प्रश्नमा उहाँले संविधानसभामा आफूहरु अल्पमतमा छु भनी जान्दाजान्दै पनि एमाओवादी नेतृत्वको मोर्चाले आफ्ना कुरा मान्नै पर्छ भन्ने सोच राखेकाले समस्या सिर्जना भएको उल्लेख गर्नुभयो । उहाँले जनताले अब शान्ति र विकास चाहेकाले एमाओवादीको मोर्चाको आन्दोलनलाई साथ नहुने दाबी गर्नुभयो ।