काठमाडौं, २१ माघ । उद्योग मन्त्री महेश बस्नेतले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तनको खाँचो रहेको बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरस्थित आस्था महिला विद्यालयको साधारणसभा एवम् सीप विकास तालिमको बुधबार उद्घाटन गर्दै उहाँले नेपालको शिक्षा नीतिमा व्यापक परिवर्तन नभएसम्म बेरोजगारी समस्या समाधान नहुने बताउनुभयो ।
नेपालको शिक्षा गरिखाने शिक्षा नभएको बताउँदै उहाँले व्यावहारिक र सीपयुक्त शिक्षाले मात्र देशको बेरोजगारी समस्या हल गर्ने बताउनुभयो ।
अन्तर्राष्ट्रिय क्षेत्रमै प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति अबलम्बन गर्नसके स्वदेशमै आफ्नो सीप बेचेर बाँच्न सक्ने बताउँदै मन्त्री बस्नेतले यस्तो शिक्षा भए विदेशमा जाने नेपालीले पनि जोखिम मोल्ने काम नभई सीपअनुसारको काम पाउन सक्ने बताउनुभयो ।
–शिक्षाको विकासका लागि कानुन संशोधन आवश्यक
यस्तै, सिँचाइ मन्त्री नारायणप्रकाश साउदले शिक्षाको विकासका लागि शिक्षासम्बन्धी ऐन, नियमलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ ।
बुढानीलकण्ठ नगरपालिका–१४ स्थित जगडोल डाँडामा रहेको जनजागृति माविको ३५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री साउदले सो विचार व्यक्त गर्नुभएको हो ।
सो अवसरमा उहाँले सम्भव भएसम्म सहमतिबाट सम्भव नभए प्रक्रियाबाट संविधान ल्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।















प्रतिक्रिया