४ कार्तिक २०८३, बुधबार

सोमपाल र सन्दीप चम्किएपछि युएई धराशायी, नेपाल १४५ रनले विजयी

938
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । सन्दीप लामिछाने र सोमपाल कामी बलिङमा चम्किएपछि दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

नेपालले दिएको २४३ रनको लक्ष्य पच्छाएको घरेलुटोली युएई १९.३ ओभरमा ९७ रनमै समेटिएको हो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछाने चम्किएपछि युएई क्रिजमा टिक्न सकेन । सोमपालले ५ विकेट झारे भने सन्दीपले ४ विकेट लिए ।

६.३ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३३ रन खर्चिएर ५ विकेट लिए । यस्तै ४ ओभर फालेका सन्दीपले पनि १ मेडन राख्दै २४ रन खर्चिए भने ४ विकेट झारेका थिए ।

यसअघि दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २४२ रन बनाएको थियो । एकदिवसीय अन्तराष्ट्रियमा नेपालको यो सर्वाधिक ठुलो योगफल हो ।

नेपाली रोहित कुमार पौडेलले किर्तिमानी अर्धशतक हाने । उनले ५८ बलमा ५५ रनको योगदान दिए । यस्तै नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले ४४ रन जोडे ।