४ कार्तिक २०८३, बुधबार

शाहिद अफ्रिदीको २३ वर्ष पुरानो रेकर्ड तोडे नेपालका रोहित पौडेलले

3.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ माघ । नेपाली खेलाडी रोहित पौडेलले पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले २३ वर्ष पहिले बनाएको रेकर्ड तोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने खेलाडीका रेकर्ड अब नेपालका रोहित पौडेलको नाममा बनेको छ ।

युएई विरुद्धको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो खेलमा शनिबार पौडेलले अर्धशतक प्रहार गरेका हुन् । यो अर्धशतक उनको खेल जीवनका लागि ऐतिहासिक बन्न पुग्यो । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा कान्छो उमेरमा अर्धशतक हान्ने खेलाडी बन्न पुगेका छन् ।

युएई विरुद्ध सातौँ नम्बरमा ब्याटिंग गर्ने क्रममा रोहितले ५५ रन बनाएका थिए । उनले ५८ बलमा सो स्कोर पूरा गर्न ७ चौका प्रहार गरेका हुन् ।

सन् १९९६ मा चर्चित पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले श्रीलंका बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्दै शतक बनाएका थिए । त्यो बेला शाहिद अफ्रिदीको उमेर १६ वर्ष २१७ दिन थियो । रोहित पौडेलको उमेर शनिबार अर्धशतक बनाउँदा उनको उमेर १६ वर्ष १४६ दिन रहेको छ ।

यो रेकर्ड बनाउने सूचीमा पहिलो रोहित बन्दा शाहिद दोश्रो नम्बरमा छन् । तेश्रो र चौथो नम्बरमा पनि शाहिद अफ्रिदी नै रहेका छन् ।

ओडीआईमा डेब्यु

रोहित पौडेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने पनि विश्वकै चौथो कान्छा खेलाडी पनि हुन् । नेदरल्याण्डसँगको एकदिवसीय सिरिज अन्तर्गत दोश्रो एकदिवसीयमा नेपालको लागि पौडेलले डेब्यु गरेका थिए । त्यस दिन रोहितको उमेर १५ वर्ष ३३५ दिन मात्रै थियो ।