काठमाडौं, १२ माघ । पछिल्लो १० दिनमा प्रहरीको गोलीबाट दुईजनाको मृत्यु भएको छ । अन्य तीनजनालाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।
मंगलबार दिउँसो गोंगबुको एक गेस्ट हाउसमा काभ्रेका अविलास लामालाई गोली हान्यो । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई गोली हानेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
लामा पेस्तोलसहित रहेकाले आत्मरक्षाका लागि गोली चलाउनुपरेको परिसरको प्रेस विज्ञप्तिमा बताइएको छ । तर, लामाले भने आफूलाई नियन्त्रणमा लिएर प्रहरीले गोली हानेको बताएका छन् ।
लामा माओवादी पूर्वलडाकु हुन् । उनले आफूमाथि प्रहरीले विनाकारण गोली हानेको भन्दै गृह मन्त्रालयमा उजुरी गरेका छन् । काठमाडौं परिसर र अपराध महाशाखाबीच काम देखाउने होडबाजीमा गोली प्रहार भएको स्रोत बताउँछ ।















प्रतिक्रिया