– शिशिर सिंखडा
चितवन, माघ २१ । चितवनको एक विद्यालयले वार्षिकोत्सवको अवसरमा बजार सरसफाई गरेको छ । समाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यले चितवनको सिद्धीविनायक आवासीय माध्यामिक विद्यालयले २० औं वार्षिकोत्सवको अवसरमा बुधबार खोलेसिमल बजारमा सरसफाई गरेको हो ।
विद्यालयका शिक्षक, स्काउट ट्रप र विद्यार्थीहरुले बजार क्षेत्रमा सरसफाई गरेका थिए । फोहोरका कारण विभिन्न रोगहरु लाग्ने भएकोले स्थानीयलाई सचेत रहन अनुरोध गर्दै विद्यार्थीहरुले सरसफाई र जनचेतनामुलक र्याली समेत गरेको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिनुभयो ।
सामाजिक उत्तरदायित्वमा संस्थागत विद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने भन्दै विद्यालयले विगतका वर्षहरुमा पनि बजार सरसफाई, ट्राफिक नियमको जनचेतना लगायतका कार्यक्रमहरु गर्दै आएको विद्यालयका सहायक प्राचार्य साजनथापा मगरले बताउनुभयो ।
विद्यालयले २० औं वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वको रुपमा समाज परिवर्तनको लागि निरन्तर क्रियाशील रहने योजनाका साथ कार्यक्रमहरु गरिने सहायक प्राचार्य मगरले बताउनुभयो । बजार सरसफाईकै क्रममा बजारका विभिन्न १५ स्थानमा जनचेतनामुलक होर्डिङ्ग बोर्ड समेत राखिएको छ ।
कार्यक्रममा छोराछोरीमा भेदभाव नगरौं, बजार स्वच्छ तथा सफा राखौं, बालबालिकालाई गुणस्तरीय शिक्षाप्रदान गरौं लगायतका नारा अंकित होर्डिङ्ग बोर्ड राखिएको थियो ।
विद्यालयका डाइरेक्टर लिलाबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुको ¥यालीले बजार परिक्रमा समेत गरेको थियो ।
विद्यालयको २० औं वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली बिहिबार निशुल्क स्वास्थ्यशिविर कार्यक्रम समेत आयोजना गरिएको छ ।


















प्रतिक्रिया