४ कार्तिक २०८३, बुधबार

चिकित्सा विधेयक पारित भएपछि गगन थापाले भने– सरकार डा. केसी मरे मरोस् भन्ने निर्णयमा पुग्यो

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले दुई तिहाई बहुमतको दम्भमा कम्युनिस्ट सरकारले जनहितका माग राखी आमरण अनशनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसी मरे मरोस् भन्ने निर्णय गरेको बताए ।

नेपाली कांग्रेसको विरोधकाबीच सभामुख कृष्णबहादुर महराले हतारमा छलफल गराउँछु भनेर ढाँटी कपटपूर्ण हिसाबले विधेयक पारित गराउने काममा सक्रिय भएको बताएका उनले थपे,‘आमुख मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि पारित गरिएको विधेयकको विरोध गरिरहन्छौं तर दुई तिहाई बहुमतको सरकार भन्दा मेडिकल माफिया बलिया रहेको पुष्टि भयो ।’

सरकारले डा. केसीका ९५ प्रतिशत माग समेटिएको बताइरहेको उल्लेख गर्दै उनले ५ प्रतिशतका लागि प्रमुख प्रतिपक्षीको विरोधलाई छिचोलेर, जबरजस्ती पाराले विधेयक पारित गर्न सरकारलाई कसको दबाब थियो ? भन्दै थापाले प्रश्न गरे ।