४ कार्तिक २०८३, बुधबार

काराबाओ कपको फाइनलमा म्यानचेस्टर सिटी प्रवेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन, १० माघ । म्यानचेस्टर सिटी लिग कप अर्थात काराबाओ कप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बुर्टनलाई १–० ले हराउँदै पेप गार्डिवलाको टिम सिटीले लिग कपको फाइनलमा समग्रमा १०–० को जितसहित स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ९–० को जित निकालेको सिटीले बुधबार राति अवे मैदानमा भएको खेलमा १–० को जित निकालेको हो । दुई लेगमा गरेर बुर्टनले १० गोल खाँदा एक गोल पनि फर्काउन सकेन ।

दोस्रो लेगमा सिटीको जितमा २६ औँ मिनेटमा सर्जियो अग्युरोले गरेको गोल नै निर्णायक बन्यो ।

इएफएल वा लिग कप वा काराबाओ कपको साबिक विजेता सिटीले यो सिजनको उपाधिका लागि आउँदो फेब्रुअरी २४ मा चेल्सी वा टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी