९ कार्तिक २०८३, सोमबार

एनबी ग्रुपका लक्ष्मीबहादुरको आर्थिक अपराधको खुलासा, श्रीमतीको विदेशी खातामा डेढ अर्ब

8.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० माघ । बंगालीसँग मिलेर नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, नेपाल श्रीलंकन मर्चेन्ट बैंक, एनबी इन्स्योरेन्सलगायतका वित्तीय संस्था र हरिसिद्धि इटा टायल कारखाना सञ्चालन गरी परिवारलाई औद्योगिक क्षेत्रमा प्रवेश गराउने एनबी ग्रुपका पूर्व सञ्चालक जीतबहादुर श्रेष्ठ अर्बपतिबाट एकाएक सडकछाप भएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

त्यो पनि अरु कसैका कारण नभई आफ्नै भाइ लक्ष्मीबहादुर श्रेष्ठका कारण । भाइको विश्वासमा पर्दा उनी अहिले औषधी खाने पैसा समेत नभएर आफन्तहरुसँग सरसापट माग्दै जीवन गुजारा गरिरहेका छन् । करोडौंका गाडी चढ्ने उनीसँग कहिलेकहीँ त आफूसँग भएको पुरानो स्करर्पियोमा तेल हाल्ने पैसा समेत हुँदैन । अहिले जीतबहादुर यस्तो अवस्थामा छन् कि उनी बसेको घर समेत बैंकमा धितो राखिएको छ ।

यहि बेला दाजु जीतबहादुरलाई सडकमा पु¥याएर भाइ लक्ष्मीबहादुरले श्रीमती विनु श्रेष्ठका नाममा व्रिटिस भर्जिन आइल्याण्डमा डेढ अर्व रुपैयाँ राखेको तथ्य खुलेको छ । खोज पत्रकारिता केन्द्रले सार्वजनिक गरेको नेपाललिक्समा विनु श्रेष्ठले भर्जिन आइल्याण्डमा डेढ अर्ब रुपैयाँ लुकाएको तथ्य खुलेपछि जीतबहादुर आश्चर्यमा परेका छन् । श्रेष्ठ दाजुभाइ केही वर्ष अघि वित्तीय अपराधमा मुछिएपछि भारतमा लुकेका थिए । त्यहि बेला चौधरी ग्रुपसँग परेको एउटा मुद्दा जित्नका लागि छुट्टिनु पर्ने भनेपछि जितबहादुरले भाइले जहाँ–जहाँ भन्छन् त्यहि हस्ताक्षर गरिदिएका थिए । त्यसको केही समयपछि बंगलादेश बैंक, एनसीसी बैंकलगायतका वित्तीय संस्था धराशायी भए । उनीहरुको हातबाट ती बैंकको नेतृत्व अन्तै गयो । त्यसपछि लक्ष्मीबहादुरमा पाप पलाउन थाल्यो ।

आफू भन्दा १८ वर्ष कान्छा लक्ष्मीबहादुरलाई जीतबहादुरले शुरुमा पढाउन काठमाडौं ल्याए । पढिसकेपछि आफैले स्थापना गरेका वित्तीय संस्थामा स्थापित गराउँदै लगे ।

जीतबहादुरका पाँच दाजुभाइमध्ये तीन दाजुभाइ पहिल्यै अलग भइसकेका थिए भने उनीहरु दुई जना सगोलमा थिए । जितबहादुरले लक्ष्मीबहादुरप्रति कहिल्यै पनि अविश्वास गरेनन् । तर, लक्ष्मीबहादुरले दाईको त्यो विश्वासलाई कमजोरी ठान्दै उनीविरुद्ध नै षड्यन्त्रमा लागेको जितबहादुरले पत्तै पाएनन् ।

बैंकहरुबाट अलग भइसकेपछि लक्ष्मीबहादुरले जीतबहादुरलाई ऋणै ऋण देखाए । १० अर्ब बराबरको हरिसिद्धि इटा टायल कारखानाको सबै सम्पत्ती मात्रै हडेनन्, एनसीसी बैंको ८६ लाख कित्ता सेयर पनि हडपे । ललितपुर सानेपाको १६ रोपनी क्षेत्रफलमा फैलिएको सुरेन्द्रभवनमा रहेको इन्टरनेशनल क्लव समेत उनैले हडपेका छन् । उक्त क्लव ६० करोडमा आफूलाई दिन दाजु जीतबहादुरलाई दबाब दिइरहेका छन् । जीतबहादुरले उक्त क्लव एक अर्ब रुपैयाँमा माग्दा भने लक्ष्मीबहादुरले दिन अस्वीकार गरेका छन् । तर, उनी ६० करोडमै हत्याउने दाउमा छन् ।

एनसीसी बैंकको ८६ लाख कित्ता सेयरमध्ये २१ लाख कित्ता मात्र माग्दा पनि लक्ष्मीबहादुरले नदिएको गुनासो आफन्तहरुसँग जीतबहादुरले पोख्दै हिड्ने गरेका छन् । लक्ष्मीबहादुरले जीतबहादुरको विश्वासको बदलामा यति धोका दिएका छन् कि उनी जीवनकै सर्वाधिक तनावमा छन् । भाइले दाजुलाई ठग्न यस्तो खर्च विवरण पेश गरेका छन् कि अदालतमा मुद्दा जित्नका लागि न्यायाधीशलाई ७ करोड रुपैयाँ घुस ख्वाएको हिसाव समेत पेश गरेका छन् । त्यतिमात्र होइन, वकिलका लागि १ करोड ५० लाख दिएको फर्जी विल समेत पेश गरेका छन् ।

जीतबहादुरले सम्पत्तीका बारेमा धेरै गुनासो गर्दा ‘एक रुपैयाँ तिमिलाई दिनुपर्ने छैन’ भन्दै उल्टै थर्काउने गरेको पारिवारिक स्रोत बताउँछ । मुद्दा जित्नका लागि भारतमा लुकेर बस्दा गरेको कागज देखाएर दाजुलाई उनले ठग्नुसम्म ठगेका रहेछन् । टाट पल्टिएको भन्दै लक्ष्मीबहादुरले बैंकमा ऋणको व्याज र सावा समेत मिनाहा गराउन हारगुहार गर्ने तर, डेढ अर्ब रुपैयाँ श्रीमती विनुको नाममा विदेशमा लगेर राख्ने काम गरेका छन् । जीतबहादुरले भाइको विश्वास गरेर घाटा प-यो होला, न्यायाधीशलाई घुस खुवायो होला भन्ने ठाने । तर, भाइले बुहारीका नाममा व्रिटिस भर्जिन आईल्याण्डमा डेढ अर्ब राखेको कुराको भेद खुलेपछि जीतबहादुर छाँगाबाट खसेका छन् । बुहारीका नाममा डेढ अर्ब विदेशमा राखेको नेपाललिक्समा सार्वजनिक भएपछि मात्र जीतबहादुरले थाहा पाएका हुन् । विनु श्रेष्ठ को हुन् भन्ने खोजी हुँदै जाँदा उनी लक्ष्मीबहादुरकी श्रीमती भएको भेद खुलासा भएको हो । उनी आइसीटीसीका दिनेशलाल श्रेष्ठ तथा सुरेशलाल श्रेष्ठकी बहिनी हुन् । आइसीटीसी नेपालमा हुने ठूलो ठेक्का पट्टामा एजेन्टको काम गर्ने कम्पनी हो ।

लक्ष्मीबहादुरले पितातुल्य दाजुलाई ठगेर विदेशमा डेढ अर्व राखेको खुलेपछि सिन्धुपाल्चोक बाह्रविसेका उनका आफन्तहरु पनि चकित परेका छन् । दाजुले सन्तान बराबर पढाए, बढाए । तर, तिनै दाजुलाई आज सडकमा ल्याएर श्रीमतीका नाममा डेढ अर्ब विदेशमा राख्ने लक्ष्मीबहादुर प्रबृत्तिबाट बाह्रविसेबासी समेत आक्रोशित भएका छन् । २०४३ सालमा सिन्धुपाल्चोकबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनाव लडेका जीतबहादुरले धेरै पैसा खर्च गर्दा पनि आशातित मत प्राप्त गर्न नसकेपछि राजनीति आफ्नो बसमा रहेनछ भनेर काठमाडौंमा आई बैंक तथा वित्तीय संस्थातिर लागेका थिए । भाइ लक्ष्मीबहादुरलाई साथमा लिएर उनले व्यापारमा अगाडि बढे । आज तिनै भाइले उनलाई सडकमा पु¥याएर डेढ अर्ब रुपैयाँ विदेशमा राखेको खुलेपछि जीतबहादुर अत्यन्तै तनावमा परेका छन् ।