४ कार्तिक २०८३, बुधबार

कांग्रेसले रोक्यो संसद, सभामुख महराले मर्यादा पालकलाई अमर्यादित बनाएको आरोप

896
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ माघ । नेपाली कांग्रेसले मंगलबारको संसद बैठक रोकेको छ । बैठक सुरु हुनासाथ कांग्रेस सांसद उठेपछि प्रकाशमान सिंहलाई बोल्न सभामुख कृष्णबहादुर महराले समय दिएका थिए ।

सिंह बोलेपछि रोष्ट्रम घेराउ गर्न कांग्रेस सांसद पुगेपछि बैठक रोकियो ।

सिंहले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द गर्न खोजेको आरोप लगाए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।

सभामुख महराले मर्यादापालकलाई अमर्या्दित रुपमा प्रस्तुत गराएको भन्दै कांग्रेस सांसदले आपत्ति जनाएका छन् । मर्यादापालकले रोष्ट्रम घेर्ने सांसदलाई सम्हाल्न सकेनन् । तैपनि सभामुख महराले बैठ अघि बढाउने कोशिश गरेका थिए । तर, १५ मिनेटका लागि स्थगित भएको छ ।