४ कार्तिक २०८३, बुधबार

ललितपुरको ठूलोदुर्लुङमा भलिबल प्रतियोगिता, काभ्रेलाई प्रथम स्थान

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ८ माघ । ललितपुर जिल्लाको क्षेत्र नम्बर १ को विकट मानिने ठूलादुर्लुङमा खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा १५ टीमले भाग लिएका थिए । काभ्रेको सालधारा टिमले नगद ५० हजारसहित प्रथम हासिल गरेको छ ।

ललितपुर महानरपालिका बुंगमितीले २५ हजार नगदसहित द्वितीय स्थान हासिल गरेको छ । आयोजक टिम हुचिटार क्लब तृतीय भएको छ ।

तृतीय टिमले १५ हजार नगद प्राप्त गरेको छ । प्रतियोगितामा काभ्रेका सुमन थोकर बेस्ट स्पाइकर र बुगमतीका शिशिर महर्जन भएका थिए ।

विजयी टीमलाई नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणा, राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष एवम् नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जन र कांग्रेस नेता ऋषिराम घिमिरेले पुरुस्कार बितरण गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी राणाले आफू बिगद १५ वर्ष यस क्षेत्रमा विकासका लागि सक्रिय रहेको बताए । उनले यस क्षेत्रमा स्कुल बनाउने, हेल्थपोस्ट बनाउने कुरामा सक्रिय रहेको बताए । उनले ०७० सालमा आफू सांसद हुँदा कान्तिलोकपथको बाटो निर्माण जस्ता थुप्रै विकासका काम गरेको बताए ।

विशेष अथिती राष्ट्रिय खेलकुद परिषदका पूर्वकोषाध्यक्ष महर्जनले आफू बाल्यकालदेखि खेलकुद क्षेत्रमा सक्रिय रहेको बताए । उनले आफै करातेको अन्तर्राष्ट्रिय खेलाडी, अन्तर्राष्ट्रिय रेफ्री हुँदै राष्ट्रिय खेलकुद परिषदको कोषाध्यक्ष हुँदा यस क्षेत्रमा क्लब निर्माण गर्ने फुटबल, भलिबल, ब्याटमिन्टन लगायत खेलकुद सामाग्री उपलब्ध गराएको बताए । उनले खेलाडीहरूको हौसला, उमङ्ग र खेल क्षेत्रको विकासका निमित्त सधै लागि पर्ने पनि बताए ।

कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मिलान सिल्वाल, कोन्जोसोम गाउँपालिका वडाध्यक्ष तीर्थबहदुर घलान, तिलक बोम्जन, बागमती गाउँपालिका वडाध्यक्ष खोमप्रसाद दाहाल, उसु तथा किक्क बक्सिङ अन्तर्राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ, नेपाली कांग्रेस जिल्ला सदस्य प्रभाकर पोखरेल, बशिष्ठ अधिकारी, ललितपुर क्षेत्र नम्बर १ उपसभापति तथा तामाङ घेदुङ संघका सचिव रामकृष्ण तामाङ, कोषाध्यक्ष शेखर न्यौपाने, नेपाली कांग्रेस गोदावरी नगर सभापति सुरज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मकवानपुर र काभ्रेको बोर्डरमा रहेको ठूलादुर्लुङ दोस्रो कर्णालीको रुपमा लिने गरिन्छ ।