२ कार्तिक २०८३, सोमबार

आन्दोलनको तयारीका लागि गाउँतिर लागे एमाओवादी नेता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौ, २१ माघ । सत्तारुढ दलहरुले संविधानसभामा अगाडी बढाएको प्रक्रियाको विरोधमा आन्दोलन तयारी गरिरहेको प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीले नेताहरुलाई जिल्लातिर पठाएको छ ।

अनौपचारिक रुपमा एमाओवादीका नेताहरु जिल्लातिर फर्किएका छन् । औपचारिक रुपमा शुक्रबारदेखि शिर्ष नेताहरु देश दौडाहामा जाने छन् । राजधानी केन्द्रित नेतालाई एमाओवादीले फागुन दोस्रो सातासम्मका लागि जिल्ला जान निर्देशन दिइसकेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल शुक्रबार मध्य तराइका जिल्लाका आन्तरिक प्रशिक्षणमा जाने तय गरिएको छ । वरिष्ठ नेता बाबुराम भट्टराई पश्चिम नेपाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पूर्वी नेपालको कार्यक्रमका जाने तयारीमा छन् ।

प्रमुख दलहरुबीच तत्काल वार्ताको वातावरण नबनेकाले प्रमुख नेताहरु जिल्ला जान लागेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो । एकीकृत माओवादीले सहमतिबाटै संविधान बनाउनुपर्ने माग राख्दै संविधानसभा छाडेर आन्दोलनमा गएको हो ।