४ कार्तिक २०८३, बुधबार

पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पुर्‍याउँछौँः ईश्वर पोखरेल

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ६ माघ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जेष्ठ नागरिक भत्ता पाँच वर्षभित्रमा पाँच हजार पुर्‍याउने बताएका छन् ।

नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेलले इटहरीमा शनिबार नेकपाको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गदै चुनावी घोषणा पत्रमा उल्लेखित सो प्रतिवद्धता पाँच वर्षभित्रमा पूरा गर्ने बताए ।

उनले कार्यकर्ताहरुलाई भने, ‘पार्टीको घोषणा पत्र राखेर सरकारको परीक्षा लिनुहोस हामी पास मात्र होइन डिस्टिङसन ल्याउने गरी प्रतिवद्धता पूरा गर्ने छौ ।’

उनले यो सरकार पुरानो सरकारको ठाँउमा नयाँ सरकार परिवर्तन मात्र नभई प्रणाली नै परिवर्तन भएको बताए । प्रणालीनै परिवर्तन भएकाले नयाँ कानून र संरचनाको अभावमा घोषणा पत्र अनुसार अहिले मुभ हुन नसकेजस्तो देखिएको वताए ।

चैतभित्रमा आवश्यक कानून निर्माण गरी सकेर अहिलेको ढिलाइको क्षतिपूर्ति सहितको काम गरेर देखाउने प्रतिवद्धता उनले जनाए । उनले माघ महिनाभित्र पार्टीको एकता प्रक्रिया टुङग्याउने जानकारी दिएका छन् ।