ललितपुर, २० माघ । देश बाहिर हुनुहुन्छ । निर्वाचन भोट हाल्न पाउनुभएन । अब चिन्ता नलिनुस ।
मतदाता नामावली परिचयपत्रमा नाम भए हरेक नेपालीले अनलाईनबाट मतदान गर्न पाउने भएका छन् । यो व्यवस्था निर्वाचन आयोगले टिट्टै गर्दैछ ।
निर्वाचन आयोगका सहसचिव वीरबहादुर राईले विदेशमा बसोबास गरिरहेका नेपालीलाई यहाँ हुने निर्वाचनमा अनलाइनको माध्यमबाट आफ्नो मत दिन पाउने व्यवस्था छिट्टै गरिने बताउनुभएको छ ।
जिल्ला निर्वाचन कार्यालय ललितपुरको आयोजनामा मंगलबार यहाँ आयोजित मतदाता नामावली सङ्कलन तथा अधावधिक कार्यक्रम २०७१ विषयमा गरिएको अन्तक्र्रियामा उहाँले अनलाइन मतदानका लागि करिब एक दर्जन मुलुकमा यसबारे अध्ययन भइसकेको बताउनुभयो ।
“सो व्यवस्थाका लागि सर्वप्रथम विदेशमा रहेका नेपालीको नाम दर्ता गर्ने कार्य प्रारम्भ गरिने छ”–उहाँले भन्नुभयो ।
निर्वाचन आयोगले यसअघि विद्युतीय मतदानको व्यवस्था समेत गरेको थियो । विद्युतीय मेसिनबाट उत्साहक जनक मतदान भएको थियो ।















प्रतिक्रिया