४ कार्तिक २०८३, बुधबार

ललितपुरमा खेलाडी तथा प्रशिक्षक संघ गठन

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ५ माघ । विनोद शाक्यको नेतृत्वमा ललितपुर जिल्लामा ललितपुर खेलाडी तथा प्रशिक्षक संघ गठन गरिएको छ ।

संघको प्रथम उपाध्यक्षमा विनोद महर्जन, द्वितीय उपाध्यक्षमा सुरज श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजेश श्रेष्ठ, सचिवमा बिजय खड्का, सहसचिवमा लक्ष्मी चौलागाइँ र कोषाध्यक्षमा दिनेश शाही रहेका छन् ।

संघको सदस्यहरूमा सागर चित्रकार, महेश महर्जन, बिप्लव श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ, राजेश बज्राचार्य, मीना पाठक, बलराम नकर्मी, विमला मानन्धर, रीता चौलागाइँ, सुनील नकर्मी, विज्ञान महर्जन, विमल आछामी लगायत १९ जना रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नेपाल खेलाडी तथा प्रशिक्षक संघका अध्यक्ष महेश नेवा रहेका थिए ।

कार्यक्रमको सभापतित्व नेपाल खेलाडी तथा प्रशिक्षक संघका केन्द्रीय सदस्य गंगाराम महर्जनले गरेका थिए ।