२८ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीले गरे सुख्खा बन्दरगाहको शिलान्यास

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार चोभारस्थित सुक्खा बन्दरगाहको शिलान्यास गर्नुभएको छ ।

यहाँ बिहीबार आयोजित कार्यक्रममा विश्व बैंकको सहयोगमा निर्मित बन्दरगाहको शिलान्यास गर्दै उहाँले बन्दरगाहले नेपालको अन्तरराष्ट्रिय व्यापारको सञ्जाललाई जोड्न सहयोग गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले बन्दरगाह निर्माणले स्वदेशी वस्तुसमेत निर्यात गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विदेशबाट आएका र स्वदेशबाट विदेश पठाइने सामग्री भण्डार गर्नका लागि बन्दरगाह बनाइएको हो ।

प्रधानमन्त्री ओलीले यो बन्दरगाहा निर्माण भएपछि काठमाडौंका लागि उपभोग्य वश्तुको अभाव नहुने बताए । दक्षिणबाट आउने रेल र उत्तरबाट आउने रेलले ल्याउने सामानको भण्डारण कक्षको रुपमा यो बन्दरगाहा उपयोग हुने प्रधानमन्त्री ओलीको भनाइ छ ।

“तोकिएको मितिमा काम सम्पन्न गर्नुहोस । गुणस्तरमा सम्झौता नगर्नुहोस” प्रधानमन्त्री ओलीले भने । बन्दरगाहा १ अर्व,४८ करोड ३४ लाख रुपैंयाको लागतमा निर्माण सम्पन्न हुने भएको हो ।

बिश्व बंैकको करीब रु दुई अर्ब लगानीमा करीब डेढ वर्षमा उक्त बन्दरगाह बनाइने भएको छ । बन्दरगाह करीब छ हजार वर्गमिटर क्षेत्रफलमा रहने छ । –रासस